काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा एकजनाको मृत्यु

काठमाडौं/ काठमाडौंको तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको मागसहित भएको प्रदर्शनका क्रममा एकजनाको मृत्यु भएको छ। गृह मन्त्रालयका सहसचिव छवि रिजालका अनुसार मृतक कीर्तिपुर नगरपालिका–४ निवासी २९ वर्षीय सविन महर्जन हुन्।

महर्जन दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ तथा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’द्वारा आयोजित प्रदर्शनमा सहभागी थिए।

प्रदर्शनका क्रममा उनी अचेत भइ ढलेपछि तत्काल अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ। मृत्युको कारणबारे विस्तृत जानकारी आउन बाँकी छ।

यस घटनाले प्रदर्शनको माहोललाई थप तनावग्रस्त बनाएको छ। सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिन खोजिरहेका छन् भने प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *