बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक

बिक्री हुन थाल्यो विराटनगरमा डाक्टर महावीरपुनको जीवन कथाको पुस्तक

सिर्जना नेपाल (महेन्द्र मोरङ अध्ययनरत)
विगत ३६८ दिनदेखि डाक्टर महावीर पुन बीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनका निमित्त आफ्नो जीवन कथाको पुस्तक बिक्री गरेर हिँडिरहेका छन्। हालसम्म उनले २ करोडभन्दा माथि रकम पुस्तक बिक्री गरेर प्राप्त गरिसकेका छन्। अमेरिकाबाट नेपालमा आएर राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन गरेका पुनले कृषि कारखानाका निमित्त पुस्तक बिक्री गरिरहेका छन्।

पुनले विराटनगरमा महेन्द्र मोरङ क्याम्पस को द्वारमा पुस्तक बिक्री गरेका छन्। साथै विराटनगरको ट्राफिक चोकमा पुस्तक बिक्री गर्नका निम्ति दिनभरि रहेका थिए हालसम्म विराटनगरमा २०० पुस्तक बिक्री भइसकेको छ। विराटनगरमा पुस्तक बिक्री गर्नका निमित्त उनलाई सुन्दर हरैचा स्थित स्वतन्त्र नागरिक समाज र विराटनगर स्थित हरित नगर समूह ले सहयोग गरिरहेको छ। विभिन्न कलेजहरू र मेलाहरूमा आफ्नो पुस्तक बिक्री गर्ने उनको योजना रहेको छ। महावीर पुन सम्झना सपना र अविरल यात्रा नामक पुस्तक उनको नितान्त जीवन भोगाई र सफलता र जीवन यात्रामा आएका बाधाहरूको विषयमा पढ्न पाइन्छ। पुस्तक बिक्रीका लागि उनी आज विराटनगर स्थित कोशी अञ्चल अस्पताल र ट्राफिक चोकमा रहनेछन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *