March 27, 2025
लागुऔषध गाँजा बोकेको अटो टेम्पोसहित चालक पक्राउ
धनकुटा/ धनकुटाको शहीदभूमी गाउँपालिका-१ बाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय छिन्ताङबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अटो टेम्पो (को.१ ह ९१३३) मा ७ वटा बोरामा राखिएको १०५ किलोग्राम गाँजा बरामद गरेको हो।
गाँजा ओसारपसारमा संलग्न शहीदभूमी-१ का २५ वर्षीय अभिषेक बिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका बिकमाथि जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।