संघर्षशील विराटनगरकी मेघा घिमिरे
सिर्जना नेपाल (महेन्द्र मोरङ अध्ययनरत)
विराटनगर/मेघा घिमिरे विराटनगरवासीका लागि चिरपरिचित नाम हो। उनको संघर्षशील जीवन सबैको लागि प्रेरणाको स्रोत बनिरहेको छ। उनको अभिनय मनमोहक छ। साथै उनले नेपाली जनताबाट माया स्नेह पाइरहेकी छिन्। २०७२ साल पुष मा उनको जीवनमा एक अप्रिय घटना घट्यो।२०७२ पुसमा मेघा घरको छतमा काम गरिरहेकी थिइन्, उनको हात अचानक बिजुलीको हाइटेन्सन तार सँग ठोक्किन पुग्यो । ३३ हजार भोल्टको करेन्ट छत नजिकैबाट दौडिन्थ्यो । त्यसैको झट्काले उनलाई उछिट्यायो । करेन्टले उनका दुवै हात जले. उनी त्यो पल सम्झिँदै भावुक हुँदै भन्छिन्। मलाई आफैलाई आश्चर्य लाग्छ। म कसरी मृत्युको मुखबाट बचे अदम्य साहस र क्षमता भएकी विराटनगर ८ निवासी मेघा घिमिरे कोटिकटकमा ४४ लाख, इन्स्टाग्राममा १८ लाख र फेसबुकमा करिब २ लाख ४० हजार ‘फलोअर’ रहेको छ.
कोरोनाकालको विषम परिस्थितिमा आफू एक्लो रहेको तर उनलाई यहाँसम्म पुर्याउन भाइले ठूलो हौसला र मद्दत गरेको बताउँछिन्। आफूले दुवै हात गुमाए पनि आफू दृढ शक्ति लिएर अघि बढ्नुपर्ने उनको ठम्याई छ। सुरुवाती समयमा टिकटक चलाउँदा भ्युजहरू नआएको तर पछि दर्शक र श्रोताबिनको मायाले यहाँसम्म पुगेकी छिन्।
उनी संगीतलाई अत्यन्तै माया गर्छिन्। अभिनयमा पुग्दा पोक्त घिमिरे ले चर्चित युट्युबर भाग्य न्यौपाने सँग “तिमीले रोजेको” बोलनामक गीतमा अभिनय समेत गरेकी छिन्। त्यस एल्बमले अपार सफलता पाएको छ।
दुवै हात गुमाए तापनि खुट्टाको सहायताले उनी सबै काम गर्छिन्। आगामी दिनमा अभिनयलाई निरन्तरता दिँदै अघि बढ्ने उनी बताउँछिन्।