होटेल म्यानेजमेन्ट कलेजमा १० दिने ब्याकरी वर्कशप

विराटनगर / वि एस एन स्कुल अफ होटेल म्यानेजमेन्ट कलेजमा १० दिने ब्याकरी वर्कशप सुरु भएको छ । विद्मालयका विद्मार्थीहरुको शिप विकास गर्ने उदेश्यले सो १० दिने ब्याकरी वर्कशप सुरु गरिएको छ ।

को> शी प्रदेशको राजधानी विराटनगरको तिनपैनी चौक पश्च्मि दक्षिण तर्फ अवस्थित वि एस एन स्कुल अफ होटेल म्यानेजमेन्टमा कक्षा ११ को विद्मार्थीरुको व्यवहारिक ज्ञानलाई अविवृद्घि गर्ने मुख्य उदेश्यले सो कार्यक्रम गरिएको छ । यहि चैत्र ११ गतेदेखि २१ गतेसम्म विभिन्न किसिमका ब्याकरी प्रोडक्टहरु उत्पदन गर्न सिकाउने कार्य चलिरहेको कलेजका सञ्चालक मनोज कुमार राजवंशीले जानकारी गराएका छन् ।
साथै बैशाखमा स्कुलले एसईई दिइरहेका विद्मार्थीहरुका लागी निशुल्क १० दिनको ब्याकरी वर्कशप सुरु गर्ने समेत राजवंशीले जानकारी दिए ।

Add a Comment

Your email address will not be published. Required fields are marked *