मोरङकी निशा कार्की सिङ्गिङ नेपाल स्टारको टप ८ माl

मोरङकी निशा कार्की सिङ्गिङ नेपाल स्टारको टप ८ माl

सिर्जना नेपाल( महेन्द्र मोरङ अध्ययनरत)
सिङ्गिङ नेपाल स्टार प्रतियोगिता नेपालमा आयोजना भइरहेको छ। उक्त प्रतियोगितामा देशभरिबाट विभिन्न प्रतियोगितिहरू छनोट भइसकेका छन्। हाल टप १० छनोट का लागि प्रतिस्पर्धा भइरहेको छ। मोरङ ,ग्रामथान गाउँपालिका ६ निवासी निशा कार्की टप ८ मा पर्न सफल भएकी छिन्। उनी बाल्यकालदेखि नै गायन क्षेत्रमा रूची राख्थिन। गायन क्षेत्रप्रतिको उच्च लगावले उनी हालै भइरहेको प्रतियोगितामा टप ८ मा पर्न सफल भएकी हुन्। हाल उनी सुकुना बहुमुखी क्याम्पसमा, बिबिए आठ सेमेस्टरमा अध्ययनरत छिन्।

नले विभिन्न कभर गीतहरू पनि गाइसकेकी छिन्। उनको गीतको मिठासले सामाजिक सञ्जाल टिकटकमा राम्रो स्थान पाइरहेको छ। उनको आवाजले सिंगिङ स्टारका निर्णायक मण्डलहरूको पनि ध्यान आकर्षित भइरहेको छन। साथै देशैभरि उनको आवाजको चर्चा भइरहेको छ् ।

“आफूले बाल्यपनदेखि नै गायन क्षेत्रलाई माया गरेको र यस क्षेत्रमा निरन्तर लागिपर्ने साथै भइरहेको प्रतियोगितामा आफूलाई भोट गरेर जिताउन समेत अपिल गरेकी छिन्। निशा कार्की हाल मोरङ बसेता पनि उनको जन्मस्थान भने भोजपुरको दिङ्लामा भएको हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *