रंगेलीमा सद्भाव बचत तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न

विराटनगर/ मोरङ्गको रंगेली नगरपालिकामा अवस्थित सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १५औँ वार्षिक उत्सव तथा ६८औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको आफ्नै प्राङ्गणमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३३ पिन्ट रगत संकलन गरिएको थियो। कार्यक्रममा संस्थाका सेयर सदस्य, विभिन्न समिति तथा उपसमिति सदस्य, कर्मचारीहरू, र अन्य संस्थाका पदाधिकारीहरू रक्तदानमा सहभागी भएका थिए।

रक्तदान कार्यक्रम नेपाल रेड क्रस सोसाइटी, विराटनगर मोरङको सहकार्यमा सम्पन्न भएको थियो। कार्यक्रमलाई सफल बनाउन सद्भाव बचत तथा ऋण सहकारी संस्थाको व्यवस्थापन टोलीले विशेष भूमिका खेलेको थियो।

कार्यक्रमको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरले रक्तदान जस्तो मानव हितकारी कार्यमा सहकारी संस्थाहरूको योगदान आवश्यक रहेको उल्लेख गर्दै रक्तदानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Add a Comment

Your email address will not be published. Required fields are marked *