March 26, 2025
चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा ३ वर्षीया बालिकाको मृत्यु
सुनसरी/ सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६, साहु टोल निवासी सुदीप साहकी तीन वर्षीया छोरी चन्दा साह को करेन्ट लागेर मृत्यु भएको छ।
प्राप्त जानकारी अनुसार, चैत १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारी खेल्ने क्रममा बालिका अचानक करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। घाइते बालिकालाई उपचारको लागि जिल्ला अस्पताल सुनसरी, इनरुवा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ।
बालिकाको शवलाई थप पोष्टमार्टमका लागि बि.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। यस दुखद घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ भने प्रहरी प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।