सद्भाव साकोसद्वारा जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

सुनवर्षी / सुनवर्षीमा सञ्चालित जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले राष्ट्रिय सहकारी दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ।

सुनवर्षीका छवटा अलगअलग केन्द्रमा अध्ययनरत करिब १५० जना बालबालिकालाई कपी, कलम वितरण गरिएको हो। उक्त कार्यक्रम सद्भाव साकोसका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यक्रममा व्यवस्थापक श्रीप्रसाद ठाकुर, जनजाति कल्याण आश्रम नेपालका अध्यक्ष चन्दुलाल मुर्मु, शिक्षा प्रमुख पुष्पलाल राजवंशी, वडा नम्बर ७ का वडा अध्यक्ष तथा संस्कार केन्द्रका शिक्षक-शिक्षिका लगायतको उपस्थिति रहेको थियो।

यस शैक्षिक सहयोगले विद्यार्थीहरूलाई अध्ययनमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै आयोजकहरूले आगामी दिनमा समेत यस्ता सहयोगात्मक कार्यहरू जारी राख्ने प्रतिवद्धता व्यक्त गरे।

 

 

Add a Comment

Your email address will not be published. Required fields are marked *