अभिनेता विपिन कार्की र मुकुन भुषाल आमनेसामने, ‘कर्मा’ मा एक्सनको नयाँ अवतार

काठमाडौं / अभिनेता विपिन कार्की एक्सन भूमिकामा पुनः फर्किएका छन्। ‘नाका’ पछि उनी ‘कर्मा’ सिनेमामा एक्शन अवतारमा देखिँदैछन्। विपिनलाई टक्कर दिन खलपात्रको भूमिकामा अभिनेता मुकुन भुषाल प्रस्तुत भएका छन्।

निर्देशक सौरभ चौधरीको निर्देशनमा बनेको एक्सन-ड्रामा ‘कर्मा’ मा विपिनले पोजेटिभ पात्रको नेतृत्व गरेका छन् भने मुकुन पहिलो पटक पूर्णरूपमा खलनायक बनेका छन्। सिनेमाको टिजरमा विपिनको एक्सनको झलक देखिएको छ भने मुकुनको एक्सन ट्रेलरमा खुल्ने निर्देशक चौधरी बताउँछन्।

यस सिनेमामा विपिन र मुकुनको टकराव दर्शकका लागि प्रतिक्षाको विषय बनेको छ। ‘कर्मा’ मा विपिनसँग अभिनेत्री उपासना सिंह ठकुरी मुख्य भूमिकामा देखिँदैछिन्। सिनेमामा दिव्यदेव, सरिता गिरी, वेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतका कलाकारको अभिनय रहेको छ।

चैत २९ गते नेपालसहित विदेशमा पनि एकसाथ प्रदर्शन हुने ‘कर्मा’ को कथा, प्रस्तुति र मेकिङ फरक रहेको निर्माण टिम बताउँछ। सेभेन सिज सिनेमाले यसको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिएको छ।

सिनेमामा भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, निमेष श्रेष्ठको सम्पादन तथा समीर मियाको भिएफएक्स रहेको छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘कर्मा’ वसन्त लम्सालको लगानीमा तयार भएको हो। निर्देशक चौधरीले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो।

Add a Comment

Your email address will not be published. Required fields are marked *