सुनसरीमा स्कुल बस नहरमा खस्दा १४ विद्यार्थी घाइते
सुनसरी / सुनसरीमा विद्यार्थी बोकेको स्कुल बस नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका छन्।
बिहीबार दिउँसो साढे ४ बजे, सुनसरी गढी गाउँपालिका-४ मा रहेको शोभा जेनियल इङ्लिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहा स्थित चिमडी औराबनी भित्री सडकखण्डमा दुर्घटनाग्रस्त भएको हो।
विद्यार्थीलाई घर पुर्याउने क्रममा बस तीव्र गतिका कारण नहरमा खस्दा १४ जना विद्यार्थी सामान्य घाइते भएका हुन्। घाइते विद्यार्थीहरूको नाम जिल्ला प्रहरी कार्यालय सुनसरीले सार्वजनिक गरेको छ।
घाइते विद्यार्थीहरू
१. राधिका उराव (९ वर्ष)
2. सृष्टि साह (४ वर्ष)
3. हृष्टि उराव (५ वर्ष)
4. निशा उराव (११ वर्ष)
5. आकाश साह (११ वर्ष)
6. राधिका मण्डल (९ वर्ष)
7. एसन साफी (८ वर्ष)
8. आसिफ साफी (९ वर्ष)
9. आफ्ताव साफी (५ वर्ष)
10. इसिका कुमारी राजभर (८ वर्ष)
11. रोसनी राजभर (९ वर्ष)
12. डम्बर राम (८ वर्ष)
13. काव्य उराव (९ वर्ष)
घाइते विद्यार्थीहरू सबै बर्जु गाउँपालिका-६का हुन्। दुर्घटनाको कारण बसको तीव्र गति रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बसमा ३५ जना विद्यार्थी सवार रहेका थिए। प्रहरीका अनुसार घाइते विद्यार्थीहरूको अवस्था सामान्य छ र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।