आजदेखि एसईई परीक्षा सुरू, ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

काठमाडौं / देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएको छ। बिहान ८ बजेदेखि २,०७९ परीक्षा केन्द्रहरूमा एकैसाथ परीक्षा सञ्चालन भएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएको यस वर्षको एसईईमा गत वर्षको तुलनामा ४९ हजार २८६ जना बढी विद्यार्थी सहभागी छन्। गत वर्ष ४ लाख ६४ हजार ७८५ जना परीक्षार्थी थिए।

परीक्षा नियन्त्रक नन्दलाल पौडेल का अनुसार हालसम्म कुनै पनि केन्द्रमा समस्या आएको छैन। उनले सुरक्षा व्यवस्था मजबुत पारिएको उल्लेख गर्दै, प्रत्येक केन्द्रमा:

१५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष,२० विद्यार्थी बराबर एक जना निरीक्षक खटाइएको जानकारी दिए।

७५ जनाभन्दा कम परीक्षार्थी भएका केन्द्रमा सहायक केन्द्राध्यक्ष नराखिएको छ।

जापानको परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी छन्, जहाँ इमेलमार्फत प्रश्नपत्र पठाइएको छ।

केन्द्रीय कारागार (काठमाडौं), दैलेखका दुई कारागार र भक्तपुर बाल सुधार गृह बाट पनि विद्यार्थी परीक्षामा सामेल भएका छन्।

एचआईभी संक्रमित विद्यार्थीका लागि कीर्तिपुरको सफलता एचआईभी शिक्षा सदन बाट पनि परीक्षा सञ्चालन गरिएको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *