र्यापर भिटेनको ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक
काठमाडौं / र्यापर भिटेन को स्वरमा समावेश ‘हामी यस्तै त होनी ब्रो’ सार्वजनिक गरिएको छ। सिनेमा ‘आउटलः दफा २१९’ मा समावेश यो गीत सिनेमा प्रदर्शन भएको पाँच दिनपछि सार्वजनिक गरिएको हो।
डिस्को सेटअपमा छायांकन गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू सोनु लागुन, सुमन भण्डारी लगायतलाई देख्न सकिन्छ। निर्माणपक्षले यो गीतको अधिकार भिटेनसँग खरिद गरेर सिनेमामा समावेश गरेको हो।
विक्की महर्जनको लेखन तथा निर्देशन मा तयार भएको सिनेमामा अमित अग्रहरि र निशा गुइडे को लगानी छ। सिनेमाको पटकथा विक्की महर्जन र दिर्घ धामी ले तयार गरेका हुन्। छायांकन नविन गुरुङ ले गरेका छन् भने चुल्ठे काजी ले एक्सन निर्देशन गरेका छन्।
सिनेमामा सुशील श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ। सिनेमा दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ र प्रदर्शनको पाँचौ दिनसम्म पनि राम्रो व्यापार गरिरहेको निर्माण टिमले जनाएको छ।