विराटनगर, २ चैत्र – बौद्धिक पेशाकर्मी महासंघ मोरङ एवम् मधेशी बौद्धिक समाज मोरङको संयुक्त आयोजनामा आज रङ्गी होटल, विराटनगर-१४ मा “भूमि सम्बन्धि अध्यादेश र वर्तमान राजनीति अवस्था” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रा. डा. राजनारायण यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा माननीय यादवले भूमि सम्बन्धि अध्यादेशका विभिन्न पक्षहरूबारे प्रकाश पार्दै वर्तमान राजनीतिक परिस्थितिमा यसको महत्व र प्रभावबारे आफ्ना विचारहरू राखेका थिए। उनले विशेषगरी भूमिहीन र सीमान्तकृत समुदायको हितका लागि गरिनुपर्ने सुधारहरूमाथि जोड दिए।

अन्तरक्रिया कार्यक्रममा स्थानीय बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले भूमि व्यवस्थापन, स्वामित्व र सुधारका विषयमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गरेका थिए।

कार्यक्रमका आयोजक बौद्धिक पेशाकर्मी महासंघ मोरङका अध्यक्ष प्रा. डा. राजनारायण यादवले यस्ता अन्तरक्रियाले भूमि सम्बन्धि नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Add a Comment

Your email address will not be published. Required fields are marked *