झापामा ८ केजी गाँजासहित दम्पत्ती पक्राउ

झापा/  झापाको कनकाई नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित एक दम्पत्ती पक्राउ परेका छन्।

गाँजा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले बुधबार दिउँसो कनकाई-४, मनकामना टोलमा छापा मारेको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) राधाकृष्ण दाहाल नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेका दम्पत्तीको नाम सार्वजनिक नगरिए पनि उनीहरूको साथबाट ८ केजी गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

Add a Comment

Your email address will not be published. Required fields are marked *