नेपाल यादव सेवा समिति विराटनगरद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न
नेपाल यादव सेवा समिति विराटनगरद्वारा भव्य होली मिलन कार्यक्रम सम्पन्न
विराटनगर / नेपाल यादव सेवा समिति महानगर कार्यसमिति विराटनगर, मोरङ्गले आयोजना गरेको होली मिलन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। होलीको अवसरमा शुभकामना आदान-प्रदान गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा यादव समुदायका करिब दुई सय जनाको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल यादव सेवा समिति मोरङ्गका अध्यक्ष महेश्वर यादव प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथिहरुमा माननीय उषा यादव, पशुसेवा निर्देशनालयका पूर्व निर्देशक डा. योगेन्द्र प्रसाद यादव, स्वास्थ्य प्रशासनका पूर्व निर्देशक जयवेन्द्र यादव, पूर्व क्याम्पस प्रमुख महेन्द्र यादव र प्रा. डा. राजनारायण यादव लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा महानगर उपाध्यक्ष कृष्णलाल यादवले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव राकेश रोशन यादवले गर्नुभएको थियो।
समितिका अध्यक्ष वीरेन्द्र यादवका अनुसार, यो कार्यक्रम मिति २०८१ साल फागुन २८ गते बुधबार (मार्च १२, २०२५) दिउँसो १:०० बजे श्रीराम पार्टी प्यालेस, पुरानो सोमबारे, विराटनगर-१० मा आयोजना गरिएको थियो।
रङ्गहरूको पर्व होलीलाई मनाउँदै यादव समुदायका सदस्यहरूले एक-अर्कामा शुभेच्छा साटासाट गरेका थिए। कार्यक्रमले समुदायको एकता र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका निभाएको छ।
नेपाल यादव सेवा समितिले आगामी दिनहरूमा पनि यस्ता सामाजिक र सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्दै समुदायको हित र एकतालाई बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।