यस वर्षको एसईई परीक्षा चैत ७ देखि, ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने

काठमाडौं / यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ५ लाख १० हजार परीक्षार्थी सहभागी हुने भएका छन्। राष्ट्रिय परीक्षा बोर्ड का अनुसार परीक्षामा सहभागी हुन फाराम भरेका विद्यार्थीका आधारमा यो तथ्यांक सार्वजनिक गरिएको हो।

यद्यपि, परीक्षा फाराम भरे पनि सबै विद्यार्थी उपस्थित नहुने प्रवृत्ति विगतका वर्षहरूमा देखिएको छ। एसईई परीक्षा चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने तालिका छ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा केन्द्रहरूको सम्पूर्ण तयारी पूरा भइसकेको छ। उत्तरपुस्तिका र प्रश्नपत्र सबै जिल्लामा पठाइसकिएको छ।

यस वर्ष अनिवार्य विषयका प्रश्नपत्र प्रदेश अनुसार फरक फरक बनाइएको छ भने ऐच्छिक विषयमा विद्यार्थी संख्याका आधारमा केही विषयमा दुई प्रकारका र केही विषयमा एक प्रकारका मात्रै प्रश्नपत्र छापिएका छन्।

यो वर्ष एसईईमा जापानमा सञ्चालित नेपाली भाषाको विद्यालय का २९ विद्यार्थी सहभागी हुँदै छन्।

एसईई परीक्षालाई मर्यादित बनाउन बोर्डले परीक्षा केन्द्रहरूमा कडाइ गर्ने तयारी गरिरहेको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *