विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज

विराटनगर/ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल आज सोमबार हुँदैछ। आजको खेल छिनोफानोपछि विभागीय टोली नेपाल पुलिस क्लब फाइनलमा पुग्छ कि चर्च ब्वाइज भन्ने टुंगो लाग्नेछ।

यी दुई टिमबीचको खेल विराटनगरस्थित सहिद रंगशालामा साँझ ६ः३० बजेपछि सुरु हुने छ।

विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिस सेमिफाइनलमा आइपुगेको हो। यस्तै, चर्च ब्वाइज मच्छिन्द्र क्लबलाई २–० गोलले हराउँदै अन्तिम चारमा पर्न सफल भएको हो।

लिग बिजेता चर्च ब्वाइज र विभागीय टोली पुलिसबीचको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ। अन्तिम सेमिफाइनलको विजेताले फाइनलमा थ्रीस्टार क्लबको सामना गर्नेछ।

थ्रीस्टार आइतबारको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोलले पन्छाउँदै प्रतियोगिताको उपाधिनजिक पुगेको टिम हो।

Add a Comment

Your email address will not be published. Required fields are marked *