March 9, 2025
पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा विमानस्थल क्षेत्रमा ठूलो उपस्थिति
विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाह को स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा आज ठूलो संख्यामा राजावादीहरू भेला भएका छन्।
पूर्वराजा शाह अपराह्न पोखराबाट काठमाडौं फर्किँदै छन्। उनको स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन समेत विमानस्थल पुगेका छन्। लिङ्देन तिलगंगाबाट र्यालीसहित पूर्वराजाको स्वागत गर्न पुगेका हुन्।
विमानस्थल क्षेत्रमा पूर्वराजाका समर्थकहरू झण्डा र ब्यानरसहित उपस्थित भएका छन्। उनीहरूले राजतन्त्र पक्षधर नाराबाजी गर्दै पूर्वराजाको स्वागत गरेका छन्।
पूर्वराजा शाहको आगमनलाई लिएर विमानस्थल क्षेत्रमा सुरक्षाकर्मीहरूको उपस्थिति समेत बाक्लो बनाइएको छ।