बिराटनगर जेसिज द्वारा रक्तदान गर्दै स्थापना दिवश मनाउदै

बिराटनगर / युवा नेतृत्व बिकाश र सक्षम युवा उत्पादन सङ्गै सामाजिक कार्यमा अग्रणी भुमिका खेल्दै आइरहेको बिराटनगर जेसिजले हरेक वर्ष मार्च ७ का दिन पर्ने आफ्नो शाखा को ५२ औ स्थापना दिवश रक्तदान कार्यक्रमबाट सुरुवात गरेको छ ।

मानवताको सेवा नै जीवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै शुक्रवार बिराटनगर 9 मा रहेको एम्स कलेज को प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको वर्ष २०२५ का अध्यक्ष प्रितेस राज दाहालले जानकारी दिए।

जेसिज वर्ष २०२५ का रक्तसन्चार सम्योजक जेसी प्रबिन भुजेलको संयोजनमा सम्पन्न उक्त रक्तदान कार्यक्रमका प्रमुख अतिथी पुर्व रास्ट्रिय अध्यक्ष फुलकुमार लालवानी , पुर्व अध्यक्ष क्लब का अध्यक्ष प्रज्वललाल श्रेष्ठ लगायत पुर्व अध्यक्षहरु , जेसीजको बर्ष २०२५ को सिङ्गो बोर्ड , जुनियर जेसिज , क्याम्पस प्रमुख , समाजसेवी, बुद्धिजीवी व्यक्तिहरु, र जेसीज सदस्यहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा २९ जनाले रक्तदान गरेको सस्थाका जनरम्पर्क अधिकारी अबिशेक गौतमले बताए । कार्यक्रमका अध्यक्ष साथै बिराटनगर जेसीज बर्ष २०२५ का अध्यक्ष जेसी प्रितेस राज दाहाल ले कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष दाहालले आगामी दिनहरुमा पनि सबैसँग हातेमालो गर्दै बिराटनगर जेसिजले सामाजिक कार्यहरुमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

Add a Comment

Your email address will not be published. Required fields are marked *