झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित एक जना पक्राउ

विराटनगर/ झापाको चन्द्रगढी विमानस्थलबाट बोधिचित्तसहित एक जना पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक स्थायी घर भई काठमाडौंको बौद्धमा बस्दै आएका ५२ वर्षीय सानुबाबु तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीका अनुसार, बिहीबार राति विमानमार्फत काठमाडौं जान लागेका तामाङको झोलाबाट ११० थान बोधिचित्त माला र १५ किलो बोधिचित्त फेला परेको थियो। जाँचका क्रममा बरामद गरिएको बोधिचित्तको कुनै पनि कानुनी कागजात नदेखिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय, झापाको जिम्मा लगाएको छ। बोधिचित्त दुर्लभ वनस्पति भएकाले यसको अवैध कारोबारमा कडाइ गरिने वन तथा प्रहरी अधिकारीहरूले बताएका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *