गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन- महासचिव पोखरेल

विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र  नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन् । 

उनले भने,गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो । जन आन्दोलनवाट फ्यालिएको राजतन्त्रका नाममा आफ्नो मुल्यवान समयलाई खेर नफालौं ।

कमल थापा भन्छन् ,संवैधानिक अधिकारको प्रयोग गर्दा नियन्त्रण गरेमा जनताले प्रतिकार गर्नेछन्
काठमाडौँ ।  राप्रपा नेपालका अध्यक्ष कमल थापाले संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष थापाले राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिने बताउदै संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गरेमा जनताले प्रतिकार गर्न वाध्य हुने चेतावनी दिएका हुन् ।

राप्रपा नेपालसहितका राजावादी दलहरु र अभियानहरुले फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्किने क्रममा भव्य स्वागतको तयारी गरेको सन्दर्भमा थापाले यस्तो टिप्पणी गरेका हुन् ।

उनले भनेका , राष्ट्रिय अखण्डता र जनतामा निहित सार्वभौमसत्ता वाहेक अरू सबै व्यवस्था जनताको अभिमतबाट परिवर्तन गर्न सकिन्छ । राजादेखि सर्वसाधारण जनतासम्म कसैले पनि यो संवैधानिक अधिकारको प्रयोग गर्दा सरकारले नियन्त्रण गर्छ भने त्यो प्रत्युत्पादक हुनेछ र जनताले प्रतिकार गर्न वाध्य हुनेछन् । चेतना भया ।

Add a Comment

Your email address will not be published. Required fields are marked *