‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन सम्पन्न, १० प्रतियोगी छानिए

विराटनगर /एच्यु हेयर वेल ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५’ सिजन ७ को पहिलो अडिसन सम्पन्न भएको छ। रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्राली द्वारा आयोजित प्रतियोगिताको पहिलो अडिसन रविभवनस्थित रोज ब्युटी एकेडेमीमा सम्पन्न भएको थियो, जसबाट १० प्रतियोगी छनोट भएका छन्।

प्रतियोगिताको अर्को अडिसन फागुन २८ गते हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा उज्ज्वल मानन्धर प्रमुख अतिथि तथा लोकप्रिय हास्य अभिनेत्री पल्पसा डङ्गोल विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

निर्णायकहरूमा –
✅ परिषी कारंजित (रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डाइरेक्टर एवम् कस्मोलोजिष्ट)
✅ नकुल गिरी (लायन्स क्लब अफ काठमाडौं अभियानका अध्यक्ष)
✅ सुरेन्द्र गिरी (कोषाध्यक्ष)
✅ सरिता भारती (ब्युटिसियन ट्यालेन्ट नेपालकी पहिलो विजेता एवम् सञ्चारकर्मी गायिका)
✅ लिना डङ्गोल (ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० की विजेता)
✅ सनम खड्गी (मिस ब्युटीफुल विजेता)
✅ ऋतु पौडेल (ब्युटिसियन)

त्यस्तै, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की फस्ट रनरअप निशा थापा बस्नेत लगायत अन्य अतिथिहरू पनि कार्यक्रममा उपस्थित थिए।

रोज ब्युटी एकेडेमीकी प्रबन्ध निर्देशक एवम् कस्मोलोजिष्ट परिषी कारंजित ले प्रतियोगीहरूलाई विभिन्न प्रशिक्षण प्रदान गरेर अझ प्रतिभावान् बनाउन मद्दत गर्ने बताइन्।

प्रतियोगिताको दोस्रो अडिसनका लागि तयारी तीव्र पारिएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *