March 7, 2025
उदयपुरमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु
विराटनगर / उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दुई दिदीबहिनीको मृत्यु भएको छ।
सप्तरीको राजविराज स्थायी घर भई गाईघाट बजारमा बस्दै आएका १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दास को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङ ले जानकारी दिएका छन्।
बिहीबार साँझ गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०५-००१ च ०९२ नम्बरको जीप ले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमै मृत्यु भएको थियो भने अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।