March 7, 2025
श्रीमती हत्या अभियोगमा महोत्तरीका सत्यनारायण यादव पक्राउ
विराटनगर / आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा महोत्तरीको औरही नगरपालिका–७ भोईल बस्ने ३२ वर्षीय सत्यनारायण यादवलाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको छ।
बलवा नगरपालिका–५ मनसिस्वा टोलमा सत्यनारायणले गए राति इँटा प्रहार गर्दा उनकी श्रीमती २४ वर्षीय सुधीरा देवी यादवको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बलवा बाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार घटना सम्बन्धी आवश्यक अनुसन्धान भइरहेको छ।