मेयर बालेन शाहको पुर्ख्यौली घर पुगे प्रचण्ड, लक्ष्मीनारायण मन्दिरमा आरतीमा सहभागिता

महोत्तरी/ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको महोत्तरीस्थित पुर्ख्यौली घर पुगेका छन्।

जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत बिहीबार प्रचण्डसहितका नेताहरू मेयर शाहको घर पुगेका हुन्। बालेनको पुर्ख्यौली घरमा हाल पालिका कार्यालय रहेको छ, जहाँ माओवादीले आफ्नो कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रमका क्रममा मटिहानी नगरपालिकाले माओवादी नेताहरूलाई स्वागत गरेको थियो। त्यस अवसरमा अध्यक्ष प्रचण्डले स्थानीय लक्ष्मीनारायण मन्दिरको अवलोकन गर्नुका साथै आरतीमा समेत सहभागिता जनाएका थिए।

मधेस केन्द्रित अभियानअन्तर्गत प्रचण्ड विभिन्न स्थानमा जनसंवाद तथा भेटघाटमा व्यस्त रहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *