March 6, 2025
सुनचाँदीको भाउ बढ्यो, सुन तोलामा ३ सय र चाँदी ३५ रुपैयाँले उकालो
विराटनगर / नेपाली बजारमा बिहीबारका लागि सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन यसको मूल्य १ लाख ७० हजार ४ सय रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भई बिहीबारका लागि प्रतितोला १,९८५ रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदीको मूल्य १,९५० रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्य उतारचढाव भएसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउ प्रभावित हुने गरेको छ।