बिराटेश्वर शिव मन्दिरको शताब्दी महोत्सव भव्य रूपमा सम्पन्न

बिराटनगर/ बिराटनगर वडा नं २ मा अवस्थित ऐतिहासिक बिराटेश्वर शिव मन्दिर स्थापनाको १०० वर्ष पुगेको अवसरमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै शताब्दी महोत्सव भव्य रूपमा सम्पन्न गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार, फागुन १२ गते सोमबारदेखि २४ घण्टे भजन-कीर्तन, झाँकी प्रदर्शन तथा नृत्य प्रस्तुति गरिएका थिए। त्यसैगरी, फागुन १३ गते मंगलबार दिउँसो ५ बजेबाट राति ८ बजेसम्म शिव भण्डार (महाप्रसाद वितरण) गरिएको थियो।

फागुन १४ गते बुधबार, महाशिवरात्रि को पावन अवसरमा विशेष भजन-कीर्तन, सन्ध्या आरती, तथा अन्य धार्मिक कार्यक्रमको आयोजना गरी शताब्दी महोत्सवको समापन गरिने छ।

यस विशेष अवसरमा बिराटेश्वर शिव मन्दिर व्यवस्थापन समितिले एक हप्ता अघि रामलाल गोल्छा अस्पतालको समन्वयमा आँखा शिविर सञ्चालन गरेको थियो। सो शिविरमा २६८ जनाले आँखा परीक्षण गराएका थिए, जसमध्ये ५४ जनाको मोतियाबिन्दुको उपचार तथा ४४ जनालाई चस्मा वितरण गरिएको थियो।

मन्दिरका अध्यक्ष देवकी नन्दन अग्रवाल ले शताब्दी महोत्सवको सफल आयोजना तथा सहभागिताका लागि सम्पूर्ण भक्तजनहरू, शुभचिन्तकहरू, तथा सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गरेका छन्। मन्दिरका महासचिव शेर सिंह दुगड रहेका छन्।

Add a Comment

Your email address will not be published. Required fields are marked *