विराटनगरमा ‘च्याम्पियनस् कराते एकेडेमी’ सञ्चालनमा

विराटनगर/ मोरङको विराटनगर महानगरपालिका वडा नं. ७, जलजला चोकस्थित ढाडेवाल गल्लीमा ‘च्याम्पियनस् कराते एकेडेमी’ २०८१ साल मंसिर २१ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

एकेडेमीका सञ्चालक सुरज कामतका अनुसार यस एकेडेमीको मुख्य उद्देश्य बालबालिकालाई आत्मरक्षा कला सिकाउनुका साथै उनीहरूलाई दक्ष खेलाडी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई देशको नाम उज्जवल बनाउनु हो।

हाल एकेडेमीमा आईतबारदेखि शुक्रबारसम्म बिहान ६:००–७:०० बजे र बेलुकी ५:००–६:०० बजे प्रशिक्षण कक्षा सञ्चालन भइरहेको छ। खेलाडीहरूलाई स्वच्छ, सुरक्षित, र व्यवस्थित म्याटमा गुणस्तरीय प्रशिक्षण प्रदान गरिँदै आएको छ। यो विराटनगरकै पहिलो पूर्णरूपमा व्यवस्थित कराते एकेडेमी भएको सञ्चालक सुरज कामतले बताए।

साथै, एकेडेमीले ३ जना उत्कृष्ट खेलाडी विद्यार्थीलाई आजीवन १००% छात्रवृत्तिमा तालिम प्रदान गरिरहेको छ।

हालै सम्पन्न प्रथम रिना स्मृति आमन्त्रित खुला कराते प्रतियोगितामा एकेडेमीका ११ खेलाडीहरूले सहभागिता जनाएका थिए, जसमा १ स्वर्ण, ३ रजत, र ७ कांस्य पदक जित्न सफल भएका छन्। यसले एकेडेमीको उच्चस्तरको प्रशिक्षण र खेलाडीहरूको उत्कृष्ट क्षमतालाई प्रमाणित गरेको छ।

वर्तमानमा ३५ जना विद्यार्थीहरूले नियमित प्रशिक्षण लिइरहेका छन्। निकट भविष्यमा एकेडेमीका खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने लक्ष्य रहेको सञ्चालक कामतले जानकारी दिए।

Add a Comment

Your email address will not be published. Required fields are marked *