विराटनगरमा ‘डेजल प्रोडक्सन हाउस’ : जिम र नृत्य प्रशिक्षणको नयाँ गन्तव्य
विराटनगर/ विराटनगर स्थित जलजला चोकमा फिटनेस र नृत्य प्रेमीहरूका लागि‘डेजल प्रोडक्सन हाउस प्रा. लि.’ संचालनमा आएको छ। करिब २ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको यो संस्थानले आधुनिक जिम तथा नृत्य प्रशिक्षणलाई व्यवस्थित, वैज्ञानिक र प्रमाणित रूपमा प्रदान गर्ने लक्ष्य राखेको छ।
डेजल प्रोडक्सन हाउसमा जिम, जुम्बा, साल्सा, हिपहप, क्लासिकल लगायत विभिन्न नृत्य शैलीको प्रशिक्षण प्रदान गरिन्छ। विशेषगरी, नृत्य प्रशिक्षणलाई प्रमाणपत्र तहसम्म विस्तार गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवसर सिर्जना गर्ने योजनासहित संस्थाले आफ्नो सेवा सुरु गरेको छ।
संस्थाका सञ्चालक श्याम देव साह का अनुसार, प्रशिक्षार्थीहरूलाई वर्ल्ड क्लास ट्रेनरहरू द्वारा प्रशिक्षण दिइनेछ। फिटनेस र नृत्य केवल मनोरञ्जनका लागि मात्र नभई, स्वास्थ्य तथा आत्मविश्वास वृद्धिका लागि पनि आवश्यक रहेको र इच्छुक व्यक्तिहरू ढुक्क भएर यहाँ प्रशिक्षण लिन सक्ने उनले बताए।
डेजल प्रोडक्सन हाउस केवल प्रशिक्षण केन्द्र मात्र नभई, प्रतिभाहरूलाई फिल्म र म्युजिक भिडियो उद्योगसम्म पुर्याउने पुल समेत बन्नेफिल्म मेकर तथा कोरियोग्राफर साइमन राजवंशीले जानकारी दिए ।। उनले भने “हाम्रो उद्देश्य पेशागत स्तरको प्रशिक्षण प्रदान गर्दै प्रशिक्षार्थीहरूलाई स्टेज शो, प्रतियोगिता, म्युजिक भिडियो तथा फिल्ममा अवसर दिलाउनु हो।”
यो संस्थामा नवीनतम जिम उपकरणहरू, कार्डियो भास्कुलर फिटनेस मेसिन, वेट ट्रेनिङ उपकरण तथा व्यक्तिगत प्रशिक्षण सेवा उपलब्ध छन्। स्वस्थ जीवनशैली अपनाउने चाहना भएकाहरूका लागि यो एक उत्कृष्ट गन्तव्य बन्ने विश्वास गरिएको छ।
संस्थाको उद्घाटन प्रमुख अतिथि महेश महर्जन ले रिबन काटेर उद्घाटन गरे। स्वस्थ जीवनशैलीका लागि व्यायाम र नृत्यको महत्त्व बारेमा उनले जानकारी दिदै प्रशिक्षको निगरानीमा बसेर व्यायाम गर्न समेत अनुरोध गरे।
डेजल प्रोडक्सन हाउसले आगामी दिनहरूमा अन्तर्राष्ट्रिय प्रशिक्षकहरूसँग सहकार्य गर्ने, अवार्ड शो आयोजना गर्ने तथा फिल्म र म्युजिक भिडियोका लागि डान्सर तथा फिटनेस ट्रेनर उत्पादन गर्ने लक्ष्य राखेको छ।
विराटनगरको फिटनेस तथा नृत्य प्रशिक्षण क्षेत्रमा नयाँ अध्यायको सुरुवात गर्दै, डेजल प्रोडक्सन हाउसले इच्छुक प्रशिक्षार्थीहरूलाई व्यवसायिक करियर निर्माण गर्ने सुनौलो अवसर प्रदान गर्नेछ।