किड्जी स्कुलमा खेलकुद कार्यक्रम सम्पन्न, विद्यार्थीको उत्साहजनक सहभागिता

विराटनगर/ बिराटनगर स्थित बर्गाछीमा रहेको किड्जी स्कुलमा आज विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन प्रदान गर्न तथा उनीहरुको शारीरिक र मानसिक विकासमा योगदान पुर्‍याएको छ।

कार्यक्रममा क्रिकेट, कबड्डी, स्पोन एण्ड मार्बल रेस, स्याक रेस, सु टाई रेस लगायतका खेल प्रतियोगिता समावेश गरिएका थिए। कक्षा १ देखि कक्षा ५ सम्मका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।


मार्केटिङ रेसमा कक्षा १ बाट अद्रित शर्मा, स्पोन एण्ड मार्बल रेसमा कक्षा २ बाट नाभिया शर्मा, हर्डल रेसमा कक्षा ३‌ बाट अन्स मण्डल, सु टाई रेसमा कक्षा ५ बाट सक्षम भुजेलले प्रथम स्थान हासिल गर्न सफल भएका छन्। त्यस्तै, क्रिकेट र कबड्डी प्रतियोगितामा एल्लो हाउसले उत्कृष्ट प्रदर्शन गर्दै विजयी हासिल गर्‍यो।

कार्यक्रमको समापनमा विजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरियो। साथै, खेलकुदमा सहभागी सबै विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरियो। कार्यक्रममा स्केटीङ्ग एण्ड स्केट वोर्डका अध्यक्ष सुरज कामतलाई टोकन अफ लव सहित सम्मान गरियो।

विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरू विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि निरन्तर आयोजना गरिने बताएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *