मुख्यमन्त्री कार्की –प्रदेश योजना आयोगको सदस्यद्वय कोइराला र गच्छदार शपथ ग्रहण

मोरङ,११ असोज ः कोशी प्रदेश योजना आयोगका नव नियुक्त सदस्यद्वय नारायण
कोइराला र प्रमिलाकुमारी गच्छदारले आज शपथ ग्रहण गर्नु भएको छ।
कोशी प्रदेश मन्त्रिपरिषदको असोज १० गतेको बैठकले सुनसरी जिल्ला वराहक्षेत्र –७ का
कोइराला र विराटनगर महानगरपालिका –४ की गच्छदारलाई सदस्य पदमा नियुक्ति गर्ने
निर्णय गरेको थियो ।
प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको
कार्यालयमा आज साँझ पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको छ।
शपथ ग्रहण समारोहमा प्रदेशका मन्त्रिहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष, प्रदेश
मन्त्रालयका सचिवहरु, कर्मचारीहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । (रासस) मनोज दाहाल,९८४२०२००७७

Add a Comment

Your email address will not be published. Required fields are marked *