लागुऔषध सहित ५ जना पक्राउ

लागुऔषध सहित ५ जना पक्राउ
बिराटनगर, असोज ११ गते ।
मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १० गते दिउँसो मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेका को.६ प ९६ नम्बरको मोटरसाईकलमा सवार रहेका सुन्दरहरैचा नगरपालिका-१२ का ३० बर्षीय शंखर दाहाल र २५ बर्षीय नन्दु फुयाललाई २ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलिले बेलबारी नगरपालिका-२ लालभित्तिका १८ वर्षीय शुसिल रेग्मीलाई प्रतिबन्धित औषधी ११० ट्याब्लेट सहित पक्राउ गरेको हो । यसैगरी असोज १० गते साँझ सुनसरीको इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-५ का ३१ बर्षीय पर्वत दर्जी र २६ बर्षीय सनम तामाङलाई १ ग्राम ६८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भईरहेको छ ।

अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने १५ वटा ट्रयाक्टर नियन्त्रण
मोरङ, असोज ११ गते ।
मोरङको केराबारी गाउँपालिका-८ खदम खोला स्थितबाट १५ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । असोज १० गते बेलुका ६ बजे इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले खदम खोलाबाट अबैध रुपमा नदिजन्य पदार्थ ढुंगा उत्खनन् गर्दै गरेको अवस्थामा को.२ त ८३४६, को.२ त ९९२७, को.२ त ७५५४, को.१ त ५३८०, को.२ त २०३२, को.२ त ७९१२, को.२ त ७८९७, को.२ त ६९४०, को.२ त ८३१९, को. १ त ४५८३, को.१ त ८७२२, प्र.१-०२-००३ त २७१२, प्र. १-०२-००३ त १८८१, प्र. १-०२-००३ त २८३९ र प्र. १-०२-००३ त ०७८७ नम्वरको ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका उक्त ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीको लागी केराबारी गाउँपालिकाको कार्यालयमा बुझाईएको छ ।
P

Add a Comment

Your email address will not be published. Required fields are marked *