प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण

प्रदेश प्रमुख खापुङ्ग समक्ष –प्रदेश लोक सेवा आयोग बार्षिक प्रतिवेदन हस्तान्तरण
मोरब,१६ भदौ ः कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेश लोक सेवा
आयोगले आज आर्थिक वर्ष २०८०÷८१ को पाँचौ वार्षिक प्रतिवेदन वुझाएको छ।
प्रदेश प्रमुख खापुङ्गलाई आयोगका अध्यक्ष महेन्द्र गुरागाईले प्रदेश प्रमुखको
कार्यालयमा आव २०८०÷८१ मा सम्पदन गरेका काम करवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नु
भएको छ।
सो अवसरमा प्रदेश प्रमुख खापुङ्गले आयोगले कर्मचारी छनौट गर्दा सक्षम र निश्पक्ष
आधारमा सिफारिश गरेको बताउनु भयो ।
उहाँले मुलुकको सार्वजनिक प्रशासन सञ्चालनमा आयोगको ठूलो सहयोग पुगेको
धारणा राख्नु भयो ।
प्रदेश प्रमुख खापुङ्गले आयोगको सशक्त क्रियाकलापको परिणाम स्वरुप प्रदेशका
प्रशासनमा सवल र निश्पक्षितामा देखिएको बताउनु भयो ।
उहाँले भन्नु भयो,।।। आयोगले कर्मचारी पदपूर्तिका लागि दरर्खास्त आव्हान गर्दा
प्रदेशको मोरब जिल्ला वाहेक अन्य जिल्लाबाट कम परेको देखिएकोमा यो छलफलको विषय
बनोस ’।
आयोगका प्रदेश अध्यक्ष गुरागाईले आव २०८०÷८१ मा प्रदेश निजामती सेवाका विभिन्न
सेवातर्फ माग भई आएका पद सब्ख्याहरु कुल ४६४ पद रहेको जानकारी दिनु भयो ।
उहाँले यसमध्ये खुला तथा समावेशीतर्फ ३३२, अन्तर स्थानीय तह प्रतियोगितातर्फ
१४, आन्तरिक अन्तर सेवा प्रतियोगितातर्फ चार गरी जम्मा ३५० का लागि विज्ञापन प्रकाशन
गरिएको छ भने वढुवातर्फ ११४ पदको लागि सूचना प्रकाशन गरेको बताउनु भयो । (फोटो
उपलव्ध छ)––– मनोज दाहाल,९८४२०२००७७

Add a Comment

Your email address will not be published. Required fields are marked *