मधेशीको हितका लागि अभियानको रुपमा काम गर्नु पर्छ / कार्यकारी अध्यक्ष झा

१५ भदौ ः मधेशी समुदायको अधिकार र राजनीतिक नेतृत्व प्राप्त गर्न लागि
एकताबद्धढङ्गले कार्य गर्नु पर्ने सुझाव सहभागीहरुले दिएका छन् ।
मैथिली एशेसिएशन विराटनगरद्वारा आज यहाँ आयोजित मधेशी बुद्धिजीवी वैचारिक
मन्थन कार्यक्रम “भविष्यक २५ वर्ष – मैथिलीक स्वर्णिम लक्ष्य“ विषयक गोष्ठीमा
सहभागीहरुले मधेशी वुद्धिजीवी एवं विभित्र दलमा आवद्ध मैथिली समुदायका नेताहरुले मधेशी
समुदायलाई सामाजिक, राजनीतिक र सचेतनास्तर वृद्धि गर्न एकीकृत रुपमा कार्य गर्नुपर्नेमा जोड
दिएका छन् ।
वरिष्ठ राजनीतिक विश्लेषक सी के लालले राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक
सन्दर्भमा चर्चा गर्नु भएको थियो ।
राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मधेश र मधेशी हितका
लागि अभियानका रूपमा काम गर्नु पर्ने बताउनु भयो ।
उहाँले दलका नेतृत्वकर्ताहरुले मधेशको समग्र मुद्दाहरु सङ्कलन गरी न्यूनतम कार्यक्रम
बनाउन सुझाव दिनु भयो ।
उहाँले भत्रुभयो, ।।। मधेशी समुदाय आवद्ध दलमा मधेशी समुदायको शिक्षा, राजनीतिक
चेतनास्तर वृद्धिका लागि आवश्यक नीति कार्यक्रम र बजेटको समुचित व्यवस्था हुनुपर्छ ।’
पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले आपसी एकजुटताबाट
मधेशी समुदायको मुद्दा अगाडि बढाउनु पर्ने सुझाव दिनु भयो ।
कार्यक्रममा एशोसिएशनका अध्यक्ष प्रवीण झा,नेपाली कांग्रेसका पंकज वर्मा,
नेकपा एमालेका रामलाल साह र स्वतन्त्र राजनीतिक कार्यकर्ता उमेश यादवले सामूहिक एकताबाट
मधेशी समुदायले समृद्धिसँगै अधिकार र राजनैतिक नेतृत्व प्राप्त हुने धारणा राख्नु भयो ।
कार्यक्रममा मधेशी समुदायका २०० बुद्धिजीवीहरुको सहभागिता रहेको थियो ।(फोटो
उपलव्ध छ)––– मनोज दाहाल,९८४२०२००७७
रासस

Add a Comment

Your email address will not be published. Required fields are marked *