गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त

विराटनगरको गोल्डेन हस्पिटलले बन्धक बनाएका दाजु बहिनी बन्धक मुक्त

विराटनगर । विराटनगरको गोल्डेन हस्पिटलमा झण्डै दुई महिना देखी बन्धक भएका २७ बर्षिया देव किसुन मण्डल र उनकी बहिनी १७ बर्षिया सविता मण्डल बन्धन मुत्m भएर घर फर्किएका छन् । सुनसरीको कोशी गाउँपालीका ७ का दाजु बहिनी दुई महिना देखी हस्पिटलको पैसाा तिर्न नसक्दा बन्धक भएर बसेका थिए ।

छिमेकमा झगडा हुदाँ चोटपटक लागेपछी उनीहरु असार ५ गते विराटनगरको गोल्डेन हस्पिटलमा उपचारको लागी आएका थिए । तर उपचार भईसक्दा समेत उनिहरु आर्थिक अभावका कारण उपचारको पैसा तिर्न नसक्दा दुई महिना बन्धक भएर बस्नु पर्यो ।

एक लाख ८३ हजार ६ सयको विल हस्पिटलले दिएको त्यस मध्ये मण्डल परिवारले हस्पिटललाई ७२ हजार र फामेर्शीलाई २३ हजार रकम बुझाएका थिए । विलको रकम १ लाख ८३ हजार भएपनी हस्पिटलले पाँच लाख मागेको पिडित परिवारको गुनासो रहेको छ ।

असार ५ गते हस्पिटल भर्ना भएका दाजु वहिनी असार १७ गते सम्म ठिक भए पनी हस्पिटलले धेरै रकम जोडेर दुई महिना सम्म छोराछोरीलाई बन्धक बनाएर राखेको पिडितका बुवा साधु मण्डलले बताएका छन् । हस्पिटलले धेरै पैसा जोडेर भनेको र पतर्न नसक्दा छोराछोरीलाई बन्धक बनाएको उनी बताउँछन् ।

बन्धक बनाएर हस्पिटलमा राखेको घटना वाहिरिए पछी हस्पिटलले हिजो साँझ बन्धक मुक्त गरेको थियो । उपचारको पैसा तिर्न नसकेका कारण उनिहरुलाई राख्नु परेको र आफुले थाहा पाएपछी घर पठाएको संचालक सनातन मण्डलले बताएका छन् ।

यसरी उपचारका लागि आएका सोझा साझा विरामीहरुलाई अस्पतालले धेरै रकम लिने गरेको र हस्पिटलले बन्धक बनाएर राख्ने गरेको यो पहिलो घटना हैन, विराटनगरमा यस्ता धेरै घटनाहरु यस अगाडी पनी हुँदै आईरहेका छन् । तर सम्बिन्धित निकायले ध्यान दिन नसक्दा आर्थिक अवस्था कमजोर भएका विरामीहरुले उपचार गर्न नसक्ने अवस्था छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *