एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की
एमाले र नेकाँको संयुक्त सरकार निर्माण हुने– मुख्यमन्त्री कार्की
राष्ट्रिय समाचार समिति
मोरब,१४ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय
राजनीतिमा भएको समिकरण अनुसार प्रदेशमा हाललाई नेकपा एमाले र नेपाली कांग्रेसको
संयुक्त सरकार निर्माण हुने बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले शक्ति
सब्ख्याको आधारमा नेकपा एमालेले मुख्यमन्त्री सहित पाँच र नेकांले चार मन्त्रालय पाउने
सहमती भएको जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले ।।।वर्तमान अवस्थामा मन्त्रालयको सब्ख्यामा वृद्धि नहुने समेत
प्रष्ट पार्नु भयो’ ।
उहाँले नेकाले नाम दिएको आधारमा दुई÷चार दिन भित्र मन्त्रिमण्डल विस्तार गर्ने
समेत जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट पास भई कार्यान्वयनमा गैसकेकोले यसमा
पुनरालोकन नहुने स्पष्ट पार्र्दै आवधिक समयमा विग्रका बजेटलाई कानुन वमोजि सच्याउने
सकिने विचार व्यक्त्त गर्नु भयो ।
उहाँले सामाजिक विकास मन्त्रालयका सचिवलाई आएको धम्कि सम्वन्धमा प्रदेश सरकार
कर्मचारी र नागरिकको सुरक्षाको निम्ति सम्वेदनशील छ भन्नु भयो ।(फोटो उपलव्ध छ)–––