कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा
कोशी प्रदेश सरकारबाट माओवादी केन्द्रका मन्त्रीहरुको राजीनामा
राष्ट्रिय समाचार समिति(रासस)
मोरब,११ साउन ः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष नेकपा(
माओवादी केन्द्र)का तीन मन्त्री र एक राज्यमन्त्री गरी चार जनाले आज साँझ राजीनामा
दिनु भएको छ।
मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा माओवादी
केन्द्रबाट प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद
उप्रेती,स्वास्थ्यमन्त्री राजेन्द्र काकी,पर्यटन, वन तथा वातावरणमन्त्री नारायणबहादुर मगर र
पर्यटन ,वन तथा वातावरण राज्यमन्त्री बन्दना झाँगरले संयुक्त रुपमा राजीनामा पत्र
वुझाउनु भएको छ।
सो अवसरमा मुख्यमन्त्री कार्कीले विकासित राजनीतिक घटनाक्रममा हाललाई सत्ता समिकरण
नरहेको अवस्थामा राजीनामा दिनु भएकोमा धन्यवाद दिनु भएको छ ।
उहाँले विगत ७५ दिने सत्ता सहकार्यमा महत्वपूर्ण रहेको स्मरण गर्दै
मुख्यमन्त्रीको रुपमा तपाईहरुले दिनु भएको सहयोगको सदा स्मरण रहने उल्लेख गर्नु
भयो ।
मुख्यमन्त्री कार्कीले अहिलेको अवस्थामा सत्ता सहकार्यमा अलग भएपनि सरकारलाई
विश्वासको मत कायम राखी दिनु भएको राजीनामा प्रति धन्यवाद दिदै आगामी दिनमा हामीबीच
राजनीतिक क्षेत्रमा सहयोग एवं प्रतिपक्षको रचनात्मक भूमिक हुने विश्वास व्यक्त्त गर्नु भयो ।
नेकपा माओवादी केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा संसदीय दलका नेता
इन्द्रबहादुर आब्वोले हाललाई प्रदेश सरकारलाई दिएको समर्थन कायम राखी मन्त्रीहरुले
राजीनामा दिने निर्णय भएको जानकारी दिनु भएको थियो । (फोटो उपलव्ध छ)–––