कोशी प्रदेश मन्त्रिपरिषद बैठक

(रासस)
मोरब,२० असार ःकोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले तीन मन्त्रीहरुको
संयोजकत्वमा विभिन्न तीनवटा समिति गठन गरेको छ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका
कार्यालयमा वसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको
संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक
मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो ।
यसैगरी आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीको संयोजकत्मा
कानून , न्याय तथा प्रदेश मामिला समिति र स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीको संयोजकत्वमा
आर्थिक,सामाजिक तथा पूर्वाधार समिति गठन गरिएको छ।
प्रदेश निजामती सेवा ऐन २०७९ लाई दोस्रो संशोधन गर्र्ने निर्णय गरिएको छ ।
यसैगरी अर्को निर्णयमा प्रदेश योजना आयोग गठन तथा कार्य संचालन –२०७५
लाई संशोधन गर्ने,केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश –२०८०
लाई खारेज गर्न आज प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री
अधिकारीले बताउनु भयो ।
प्रदेश कृषि व्यवसायलाई प्रवद्र्धन गर्न अनुदान दिने निर्णयलाई संशोधन गर्ने
निर्णय गरेको, कोशी प्रदेश विउ विजनका सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक
तर्जुमा गर्नका लागि सैद्धान्तिक स्विकृत प्रदान गर्ने निर्णय गरिएको छ।
यस्तै कोशी प्रदेश जिवनाशक विषादी व्यवस्थापनका सम्बन्धमा कानूनी व्यवस्था गर्न
विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्विकृत प्रदान गर्ने निर्णय गरेको ,पुराना काठका घरहरु
गाउँवाट शहरमा ल्याउन लैजान(ओसार पसार) गर्न छ महिनाका लागि खुल्ला गर्ने निर्णय
गरिएको मन्त्री अधिकारीले जानकारी दिनु भयो ।फोटो उपलव्ध छ)–––

Add a Comment

Your email address will not be published. Required fields are marked *