द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता
द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता- विराटनगर यही जेठ २१ गते सोमबारका दिन विराटनगर ११ स्थित द रोयल पावर जिम एण्ड फिटनेस क्लबका सञ्चालक रियाज कुरेसीले फिटनेस फ्रेन्जी च्यालेन्जको प्रतियोगिता
को आयोजना गरेका थिए। कुरेसीले आफ्नो क्लबका खेलाडीहरू बीच प्रतिस्पर्धा गराएका थिए उक्त प्रतियोगितामा क्रमश पहिलो पुरस्कार विराटनगर १० का अमन भण्डारीले हात पारेका थिए। उनले मेडल प्रमाणपत्र र विपिएन कम्पनीको एक केजीको व्हे प्राइज
जितेका थिए। त्यसैगरी दोस्रो पुरस्कार विराटनगर ११ का दिप्सन राईले हात पारेका थिए । उनले पनि मेडल प्रमाणपत्र पाउनुका साथै ओन कम्पनीको creting पुरस्कार पाएका थिए भने तेस्रो पुरस्कार विराटनगर ७ का आयुष् बाबु कोइरालाले मेडल प्रमाणपत्र र
माइ फिटनेस कम्पनीको पिनट बटर पाएका थिए यस प्रतियोगितामा जिमका कुल ३५ जना खेलाडीहरू सहभागी भएका थिए। यस कार्यक्रमका प्रमुख अतिथि बडिबिल्डिङका राष्ट्रिय खेलाडी उमेश कार्की र अतिथिमा मनोज खतिवडा र प्रदिप भुजेलको उपस्थिति थियो। उक्त कार्यक्रम विशाल साहले सञ्चालन गरेका थिए । प्रदीप भुजेल