६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउन नसकिए कारवाही गर्ने चेतावनी दिनुभयाे
मुख्यमन्त्री केदार कार्कीले धनकुटा अैाद्याेगिक ग्रामका अध्यक्ष तिलक महतलाई अैाद्याेगिक ग्रामभित्र उद्याेग सञ्चालनकाे खाका १५ दिनभित्र ल्याउन र सबै भवनमा ६ महिनाभित्र स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग सञ्चालनमा ल्याउन नसकिए कारवाही गर्ने चेतावनी दिनुभयाे
धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालन गर्ने प्रदेश सरकारकाे तयारी
धनकुटा । काेशी प्रदेश सरकारले धनकुटा अैाद्याेगिक ग्राम पूर्णरूपमा सञ्चालनकाे तयारी थालेकाे छ ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिएका छन् । अैाद्याेगिक ग्राम क्षेत्रको मंगलबनर अवलोकनपछि मुख्यमन्त्री कार्कीले ग्रामका अध्यक्ष तिलक महतलाई औद्योगिक ग्रामभित्र उद्योग सञ्चालनको खाका १५ दिनभित्र तयार पारेर नल्याए कारबाहीको चेतावनी समेत दिएका हुन् ।
अैाद्याेगिक ग्राम परिसरमा निर्मित २७ मध्ये नौ वटा भवनमा लघु उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापाले जानकारी दिएका छन् । जसमा सेनेटरी प्याड र खाध्यन्न सामाग्रीहरू उत्पादन भए पनि परिमाण कम रहेको छ । मुख्यमन्त्री कार्कीले ग्रामलाई पूर्णरुपमा सञ्चालन गरेमा पूर्वी पहाडी क्षेत्रको जनजीविकामा सहजता हुने बताउँदै सञ्चालनका लागि आवश्यक निर्देशन दिएका हुन् ।
मुख्यमन्त्री कार्कीले भने, ´यस क्षेत्रकाे स्थानीय कच्चा पदार्थमा आधारित उद्याेग स्थापना भएपछि मात्रै याे क्षेत्रका बासिन्दा लाभान्वित हुनसक्छ ।`
ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको छैन । ५२ रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक ग्राम सञ्चालनमा आएपछि पूर्वी पहाडको घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा टेवा पुग्ने प्रदेश सरकारकाे विश्वास छ ।