कैदको सजाय पाएका फरार प्रतिवादी १६ वर्ष पछी पक्राउको पुन सच्याई पठाईएको

फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७७/११/१८ गतेको फैसलाले कर्तव्य ज्यान मुद्धाका निम्न प्रतिवादीहरुलाई जन्म कैद तोकिएकोमा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७८।०९।२३ गते र सम्मानित सर्बोच्च अदालतको मिति २०८०।०४।१६ गतेको फैसलाले जिल्ला अदालतको सुरू निर्णय सदर गरेकोले निम्न फरार प्रतिवादीहरुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको बिशेष टोलीले मिति २०८०।१२।०५ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतमा पेश गरिएको ।
घटना विवरण
प्रतिवादीहरुले मिति २०६४।०२।२० गते रातिको समयमा जिल्ला मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ गा.पा. वडा नं.-१ स्थितमा हर्क राज राईको घर पैँचोमा भेला भई आन्तरीक विवाद उत्पन्न गरी बर्ष ३८ को सन्तोष राई लाई लाठ्ठि, भाटाले कुटपिट गरी मारी मृत लासलाई मिक्लाजुङ गाउँपालिका वडा नं.-१ स्थित केमुना भंज्याङको जंगलमा खाल्डो खनि पुरी लुकाई छिपाई राखेको अवस्थामा मृत लास फेला परेको ।
पक्राउ विवरणः-
१. जिल्ला मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.-१ बस्ने वर्ष ४८ को जित बहादुर राईलाई मिति २०८०।१२।०५ गते मिक्लाजुङ गाउँपालिका वडा नं.-१ बाट पक्राउ गरेको,
२. जिल्ला मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.-१ बस्ने बर्ष ४१ गंगा भन्ने ज्ञान बहादुर राईलाई मिति २०८०।१२।०५ गते मिक्लाजुङ गाउँपालिका वडा नं.-१ बाट पक्राउ गरेको,
३. जिल्ला मोरङ साविक रमिते-४ हाल मिक्लाजुङ गाउँपालिका वडा नं.-१ बस्ने बर्ष ४० को लक्ष्मण राई मिति २०८०।१२।०६ गते विहान झापा काँकरभीट्टाबाट पक्राउ गरिएको ।

Add a Comment

Your email address will not be published. Required fields are marked *