ब्यक्तिगत पहिचानको अनधिकृत प्रयोगबाट ठगी गर्ने संगठित गिरोह पक्राउ
मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका ८ सलकपुरका
स्थानिय ब्यक्तिहरूलाई नि:स्वार्थ आर्थिक सहयोग गर्ने र आफु परोपकारी संस्था डब्लु
बि.एस.सी कम्पनीबाट आएको भन्ने प्रलोभनमा पारी ३० जना भन्दा बढि ब्यक्तिहरूलाई
जनही रू १०००।-, र रू १५००।- का दरले रकम उपलब्ध गराई सम्बन्धित स्थानीय
ब्यक्तिहरूको नागरिकताको प्रतिलिपी र फोटो प्राप्त गरेको ।
यस प्रकारको गैह्र कानूनी क्रियाकलाप सम्बन्धी सूचना प्रहरीलाई प्राप्त हुनासाथ
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ नयाँबजार बस्ने
२३ बर्षिया सुनिता खत्रीलाई मिति २०८०।११।२९ गते अन्दाजी १५:०० बजेको
समयमा सुन्दरहरैचा नगरपालिका ८ बाट तत्काल नियन्त्रणमा लिएको ।
थप अनुसन्धानको क्रममा ब्यक्तिगत पहिचानको आधिकारिक कागजपत्र प्राप्त गरी
सोको दुरूपयोग गर्दै अनधिकृत रूपमा Esewa, Khalti लगायतका Digital Wallet
हरूको खाता खोल्ने र Online माध्यमबाट ठगी गर्ने कार्यमा संलग्न अन्तरदेशीय संगठित
गिरोहका निम्न नाईकेहरूलाई समेत पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट
ठगी उद्योग कसूरमा दिन ५ (पाँच) म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको ।
पक्राउ ब्यक्तिहरू:-
१) बंगलादेश पल्लाबी ढाका बस्ने बर्ष ४९ को बंगलादेशी नागरिक महमद महबुर हुसेन
२) बंगलादेश सितागन्ज बस्ने बर्ष ३७ को बंगलादेशी नागरिक महमद तानबिर हुसेन ।
३) काठमाण्डौ नयाँबजार बस्ने २३ बर्षिया सुनिता खत्री ।
बरामद सामाग्रीहरू :-
१) Ncell को सिमकार्ड १५ थान
२) सुनिता खत्री र तानबिर मिया दर्जीको नाममा रहेको राहदानी २ थान
३) नेपाली नगद रू ५ हजार १ सय ५०
४) ATM कार्ड २ थान
५) तानबिर मिया दर्जी नामको नेपाली नागरिकता १ थान
६) विभिन्न कम्पनीका मोवाईल ४ थान ।