उपेन्द्र यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको छ

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा पछिल्लो पटक उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी पाउनासाथ यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको हो । उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न साथ मन्त्री यादवले दुई महत्वपूर्ण निर्णय गरेका छन् ।

स्वास्थ्य ऐनलाई समायोजन गर्न कार्यदल गठन र शल्यक्रियामा अनलाइन प्रणाली लागू गर्ने दुई महत्वपूर्ण निर्णय गरेका छन् । सरकारी अस्पतालहरूमा गरिब विपन्न समुदायका मानिसले शल्यक्रियाका लागि लामो समयसम्म मिति कुर्नुपर्ने र पहुँच र सोर्सफोर्सको भरमा अर्कोको पालो मिचेर शल्यक्रिया गराउने परिपाटीलाई अन्त्य गर्न मन्त्री यादवले शल्यक्रियामा अनलाइन प्रणाली लागू गरेको हो ।

अब देशभरीका सरकारी अस्पतालले अनलाइन मार्फत भरेको फारमलाई रोलक्रम अनुसार शल्यक्रिया गर्नुपर्ने परिपाटीको पालना गर्नुपर्ने छ । जसको कारण सरकारी अस्पतालमा समयमा शल्यक्रिया गराउन नसक्ने सर्वसाधारणले महँगो रकम खर्चेर निजी अस्पतालमा शल्यक्रिया गर्ने परिपाटी थियो । जुन परिपाटीको पनि मन्त्री यादवले अन्त्य गरी दिएका छन् ।

Add a Comment

Your email address will not be published. Required fields are marked *