नेकपा एकीकृत समाजवादी देश र जनताको हितमा समर्पित: अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी देश, जनताको हितमा समर्पित भएको बताएका छन्।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौं पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टीका भ्रातृ संगठनले पनि देश र जनतालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

उनले भने, ‘हाम्रो पार्टीका साथीहरूले देश, जनता र पार्टीको हितमा हुने काम गर्नुपर्छ। देश र जनता बाहेक हाम्रो पार्टीको कुनै पनि स्वार्थ छैन।’

देश र जनताको हितका पक्षमा अरुले उठाउन नसकेको आवाज नेकपा एकीकृत समाजवादीले उठाउन सक्नुपर्ने नेता नेपालले बताए। उनले भने, ‘देशको रक्षा, देशको स्वभिमानको रक्षा गर्न सकियो भने, यो सिंगो देशलाई एकताबद्ध बनाएर लैजान सकियो भने, स्वभिमानलाई माथि उठाउन सकियो भने हाम्रो पार्टीको उपादेयिता पुष्टी हुन्छ। देशलाई समृद्ध बनाउन अरुले उठाउन नसकेको आवाज हामीले उठाउनुपर्छ।’

Add a Comment

Your email address will not be published. Required fields are marked *