अवैध सुपारी सहित सवारी साधन नियन्त्रण

विराटनगर। झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट अवैध सुपारी बोकेको सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००२ च ५४३२ नम्वरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा VCTS लगायतको आवस्यक कागजपत्र नभएको २ हजार किलोग्राम सुपाडी फेला परेकोले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अवैध सुपारी र सवारी साधन तथा चालक दमक नगरपालिका-१ का मुकेश चौधरी समेतलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय इटहरी सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *