सेयर बजार फेरि ओरालो लागे
काठमाडौं। सेयर बजार फेरि ओरालो लागेको छ। आज नेप्से परिसूचक ३.६५ अंकले घटेर २०२३.५४ विन्दुमा अडिएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ४ अंक बढिले बढेको थियो।
नेप्से ओरालो लागेसँगै कारोबार रकम आइतबारको तुलनामा घटेको छ। यसदिन १ अर्ब ८९ करोड ३७ लाख ३६ हजार ३६५ रूपैयाँको सेयर खरिदबिक्री भयो। २५९ कम्पनीको ५१ लाख २० हजार ८८८ कित्ता सेयर किनबेच भयो।
आइतबार २ अर्ब ५२ करोड बढिको सेयर कारोबार भएको थियो।
करेक्सन आएको सेयर बजारमा २ कम्पनीको मूल्य ९ प्रतिशत बढिले वृद्धि भयो। स्वाभिमान लघुवित्त वित्तीय संस्था र सामलिङ पावरको सेयर मूल्य ९ प्रतिशत बढिले वृद्धि भयो।
यस्तै तारा गाउँ रिजेन्सी र उपकार लघुवित्त वित्तीयको ७ प्रतिशतले मूल्य बढेको हो। राप्ती हाइड्रोपावर एन्ड जनरल कन्स्ट्रक्सनको सेयर मूल्य ६ प्रतिशतले ओरालो लागेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ६८ लाख ८ हजार ६७६ रूपैयाँको सेयर किनबेच भयो।
कारोबारमा आएका १३ उपसमूहमध्ये ८ समूहको मूल्य घट्यो भने ५ को घट्यो।