अस्थिर प्रचण्ड: सकेन बाहृय दबाब थेग्न,के एमाले ले गर्ला त कम्बयाक ?

विराटनगर: राष्ट्रपति निवार्चन हुन १२ दिन बाकी रहेको छ । आज  राष्ट्रपतिको लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित दुई जनाको उम्मेदवारी परेको छ ।  

दुई महिनामै एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्किएको छ । गठबन्धन भत्किए पछि  शनिबार बिहान एमाले केन्द्रिय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्यो ।

 च्यासलमा बसेको बैठकबाट राष्ट्रपतिको निर्वाचनमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पुर्व सभामुख सुवास नेम्वाङले राष्ट्रपतिको चुनाव जित्ने एमाले नेताहरुले दावी गरेका छन । 

पुस १० गते बनेको एमालेको नेतृत्वमा सत्ता गठबन्धन बन्दा प्रधानमन्त्रीमा पुष्पकमल दाहाल नियुक्त भए । त्यस पछि नै सम्भावित भावि राष्ट्रपतिको रुपमा सुवास नेम्वाङलाई देख्न थालिएको थियो । 

एमाले नेतृत्वको उक्त गठबन्धन दुई महिना पुगने बितिकै लगभग भत्किएको छ । एमाले काँग्रेस बाहेकका सबै राजनीतिकदलहरुलाई आफ्नो उम्मेदवार समर्थन गर्न पत्रचार गर्ने बताएको छ  । 

एमालेले शुक्रबार आठ राजनीतिदलहरु बिच भएको सहमतीलाई लिखित सहमती नभएको भन्दै आफ्नै उम्मेदवार जित्ने दावी गरेको छ । एमालेले वर्तमान अवस्थामा सरकारमा रहने वा नरहने बारे राष्ट्रपतिको निवार्चन अर्थात फागुन २५ पछि मात्र निर्णय गर्ने भएको छ । 

एमाले हिजो आठ दल बिच भएको सहमती माथि प्रतिक्रया दिदै प्रचण्ड अस्थिर भएको , बाहृय दबाब थेग्न नसकेको आरोप लगाएको छ  । एमालेले शुक्रबार भएको सहमती भन्दा पुस १० गतेका सहमतिअनुसार नै अघि बढ्ने भन्दै पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको दावी गरेको छ । 

आज उम्मेदवारी भए पनी निवार्चन आउन अझ १२ दिन बाँकी रहेको छ । काँग्रेसले दुई महिनामा कम्बयाक गरे जस्तै एमालेले पनि यस बिचमा  कम्बयाक गर्छ कि, राजनीतिको चतुर खेलाडि मान्ने एमाले अध्यक्ष केपी शर्मा ओली मौन भएर बस्छन ? यो सबैका जिज्ञासाको बिषय बनेको छ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *