गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन। पूर्वी चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार मंगलबार बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैंडाले आक्रमण गरेको हो । बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैंडाले आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा ५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैंडाको आक्रमणबाट तीन रहेका उनले जानकारी दिए। रासस

Add a Comment

Your email address will not be published. Required fields are marked *