ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते

दाङ। दाङको तुलसीपुरमा खाना पकाउने ग्याँस सिलिन्डर पड्किँदा दुई जना घाइते भएका छन्। aखाना पकाउने क्रममा ग्याँस सिलिन्डर पट्किँदा दुई जना घाइते भएको दाङ प्रहरीले जनाएको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१६ लहलौराका ५० वर्षीय कुसुम केसी र चितवनको भरतपुर महानगरपालिका-५ घर भइ हाल तुलसीपुर-१६ मा बस्दै आएका २९ वर्षीय आशिष खनाल घाइते भएका छन्।

तुलसीपुर-१६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा सिलिन्डर ग्याँस पड्किँदा केसीको कम्मर मुनीको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको अवस्था छ।

दुवै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ।

घाइतेमध्य कुसुमको अवस्था अवस्था गम्भीर छ भने आशिषको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

Add a Comment

Your email address will not be published. Required fields are marked *